‘वाइडबडी जहाज खरिदमा कुनै अनियमितता भएको छैन’

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 26, 2018 | 11:52:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी जहाज खरिद गर्दा कुनै अनियमितता नभएको पाईएको छ । निगमले अमेरिकी जहाज निर्माता कम्पनी एयरबसको ए ३३०–२०० सिरिजका दुई जहाज किन्दा अनियमितता भएको आशंका भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरी छानबिन गरेको थियो । उक्त कार्यदलले कुनै अनियमितता नभएको ठहर गर्दै नेपाल वायुसेवा निगम सञ्चालक समितिमा प्रतिवेदन बुझाएको छ । 

कार्यदलले जहाज खरिदमा अनियमितता भएको भन्ने आशंका आधारहीन भएको निष्कर्ष निकालेको छ । निगमले दुई थान वाइडबडी जहाज २० करोड ८० लाख १६ हजार डलर (२२ अर्ब ६३ करोड) रुपैयाँमा खरिद गरेको हो । जहाज खरिद प्रक्रियाको छानबिनका लागि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयका सहसहचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन कार्यदल बनाएका थिए । 

निगमले जहाज खरिद गर्दा नेपाल सरकारको सार्वजनिक खरिद ऐन २०६३ र नेपाल वायुसेवा निगम, आर्थिक विनियमावली २०६५ बमोजिम प्रक्रिया पूरा गरेको कार्यदलको निष्कर्ष छ । 

निगमले २०७२ माघ १० गतेबाट वाइडबडी जहाज खरिद प्रक्रिया सुरु गरेको थियो । २०७३ कात्तिक २३ गते ग्लोबल टेन्डर आह्वान गरेमा११ कम्पनीले सहभागिता जनाएका थिए । त्यसमध्ये सबैभन्दा सस्तोमा आवेदन दिने अमेरिकन कम्पनी एएआर कर्पोरेशनले टेन्डर पाएको थियो । २०७३ चैत २५ गते हाइफ्लाई एक्स, एएआर कार्पोरेसन र जर्मन एभिएसन क्यापिटल तथा हाइफ्लाई एयरलाइन्सबीच खरिद सम्झौतामा हस्ताक्षर भएको भन्दै प्रतिवेदनमा उल्लेख गरिएको छ । 

निगमको जहाज पहिलो वाइडबडी जहाज ९ एन–एएलवाई अन्नपूर्ण नाम दिइएको जहाज २०७५ असार १४ काठमाडौंमा अवतरण गरेको थियो भने दोस्रो ९ एन–एएलजेड मकालु गत साउन १० गते काठमाडौं आइपुगेको थियो । निगमले दक्षिण कोरिया, जापान सहित लन्डन उडाउने भन्दै जहाज ल्याएको भए पनि हालसम्म दक्षिण कोरिया तथा जापानले निगमलाई उडान अनुमति भने दिएका छैनन् । निगमसँग हाल अन्तराष्ट्रिय उडानका लागि पाँच थान जहाज छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved