निर्वाचन आयोगले नवगठित सत्तारुढ दलको नाम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुने फैसला गरेको छ । आयोगको संबैधानिक इजलाशले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लाई बैधानिकता दिएको हो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओबादी(केन्द्र) एकिकृत भएर निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नाम प्रस्ताव गरिएको थियो। तर ऋषि कट्टेलले उक्त पार्टी आफुले यस अगाडी नै आयोगमा दर्ता गरिसकेकोले सत्तारुढ दलले यो नाम प्रयोग गर्न नपाउने जिकिर गर्दै आयोगमा उजुरी गरेका थिए ।
तर आयोगले आज सत्तारुढ दलको पार्टीको नाममा कोष्टक भित्र नेकपा पनि राखेको हुनाले यो दलको नाम अन्य कुनै दलसंग मेल नखाने फैसला गरेको हो । यस संगै प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रहने भएको छ । आयोगले कट्टेलको निवेदन खारेज गरेसंगै उनको दलको नाम नेपाल कम्युनिष्ट पार्टी रहने भएको छ ।
आयोगले नाम विवाद सुुल्झाउन यसअघि दुवैदलका प्रतिनिधिसँग छलफल गरेको थियो।