५० हजारलाई निम्तो दिएर चियापानमा आफै गएनन् ओली, कार्यक्रम स्थलमा कुटाकुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 27, 2018 | 05:14:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेकपाले आयोजना गरेको शुभकामना आदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री केपी ओली आफै अनुपस्थिति भएका छन् । नेकपाले विजयादशमी, दीपावली,नेपाल सम्बत् र छठका अवसरमा राजधानीको भृकुटीमण्डप बगैँचामा चियापान कार्यक्रम आयोजना गरेको हो । चियापानमा सहभागी हुन् पार्टीका दुवै अध्यक्षले ५० हजारलाई निम्ता गरेका थिए  । तर अध्यक्ष ओली आफै भने अनुपस्थिति भएका हुन्  ।

ओलीको सचिवालयले अचानक अस्वस्थ भएपछि उनी कार्यक्रममा जान नसकेको बताएको छ । सचिवालयका अनुसार उनलाई रुघाखोकी र ज्वरो आएको छ । 

कार्यक्रममा अशन्तुष्ट समुहले चियापान बहिस्कार गरौँ लेखिएका पर्चा समेत बाडेको थियो । पर्चा बाडेपछि केहि बेर कार्यकर्ता बीच कुटाकुट र तनावको स्थिति सिर्जना भएको थियो ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved