काभ्रे जिप दुर्घटना: उपचारको क्रममा डीआइजी भण्डारीको मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 27, 2018 | 06:18:25 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएका  प्रहरी नायव महानिरीक्षक डीआईजी सुशील भण्डारीको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । भण्डारीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो  

मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा बा ३ च २८७ नं को जिप पल्टिदा  २ जनाको घटनास्थल नै मृत्यु भएको थियो।

 मण्डन देउपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष नेत्र प्रसाद ढकालका अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहे छन्  । मृतक पराजुली पत्रकार हुन्। 

घाइते भएका बाँकि ३ जनाको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved