राष्ट्रपति भण्डारीको सम्मानमा कतारमा फहराउन थाल्यो नेपाली झण्डा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 28, 2018 | 07:53:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रपति बिद्यादेवी भण्डारीको चार दिने कतारको भ्रमण स्वीकृत गरेको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीको भ्रमण स्वीकृत गरेको हो।   

राष्ट्रपति भण्डारी कतारको चारदिने राजकीय भ्रमणका लागि सोमबार कतार जाँदैछिन। भण्डारीले कतारका अमिर शेख तमिम विन हमाद अलथानीसँग भेटवार्ता गर्नेछिन। 

नेपालको राष्ट्रपतिको हैसियतमा यो दोस्रो भ्रमण हो। यसअघि प्रथम राष्ट्रपति रामवरण यादवको राजकीय भ्रमण भएको थियो। झन्डै चार लाख नेपाली कार्यरत कतारमा राष्ट्रपतिको उच्चस्तरीय भ्रमणले दुई देशबीचको द्वी्पक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ ।

भ्रमणमा भण्डारीले कतारी समकक्षी तमिमसँग नेपाली कामदारको सुरक्षा, अवसर, चुनौती र लगानीको विषयमा छलफल गर्ने बताइएको छ । उनको भ्रमणको तयारीको लागि आवश्यक ब्रिफ्रिङ गर्न कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले नेपाल आई फर्किसकेका छन्। नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हेल कतार गइसकेका छन।

राष्ट्रपति भण्डारीको स्वागतमा कतारमा नेपाली झण्डा 

राष्ट्रपति भण्डारीको चारदिने राजकीय भ्रमणको सम्मानमा कतारले नेपाली झण्डा फराउन थालेको छ। कतारको सम्मानले आफुहरु गौरवान्वित भएको  त्यहँ रहेका नेपाली कामदारहरुले प्रतिकृया दिन थालेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved