प्रधानमन्त्रीलाई भएको के हो ? यस्तो छ अस्पतालको बिज्ञप्ति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 29, 2018 | 10:54:08 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा थप समस्या देखिएपछि ओलीलाई राति ४:३० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको हो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ । ओलीलाई अझै १–२ दिन अस्पतालमै राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डाक्टर उत्तम कृष्ण श्रेष्ठका अनुसार उनको छातीमा नै संक्रमण देखिएको छ । साथै उनको शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य देखिएको अस्पतालले बिज्ञप्ति मार्फत जनाएको छ ।

 स्वास्थ्यकै कारण ओली नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत जान सकेका थिएनन् भने आइतबार मन्त्रिपरिषद्को बैठक पनि आफ्नै निवासमा डाकेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved