अस्पतालको बेडबाटै प्रधानमन्त्रीले माधव नेपाललाई भने 'केहि भएको छैन'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 29, 2018 | 12:12:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शिर्ष नेताहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । 

प्रधानमन्त्री उपचारार्थ शिक्षण अस्पतालमा पुगेर अध्यक्ष दाहालले उहाँनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।  
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल, माधव कुमार नेपाल पनि अस्पताल पुगेका छन् । 

यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी,केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । 

प्रधानमन्त्रीलाई भेटेर बाहिर निएका नेकपा नेता माधव कुमार नेपालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिए । प्रधानमन्त्रीलाई कस्तो छ भनेर सोध्दा 'ठीक छ, आराम गर्दैछु। केही भएको छैन' भन्ने जवाफ दिएको नेता नेपालले बताए ।

अस्पतालका कार्यकारी निर्देशक डाक्टर उत्तम कृष्ण श्रेष्ठका अनुसार उनको छातीमा नै संक्रमण देखिएको छ । साथै उनको शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य देखिएको अस्पतालले बिज्ञप्ति मार्फत जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved