मंगलबार काठमाडौँका यी स्थानमा ७ घण्टा बत्ति नआउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 29, 2018 | 06:34:17 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाको वितरण प्रणाली सुधारमा लागेको नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय बालाजु वितरण केन्द्रअन्तर्गत फिडरको मर्मत तथा सम्भारलाई निरन्तरता दिएको छ । नयाँ बस्ती बढ्दै गएको र प्रणालीमा समेत समस्या देखिन थालेपछि प्राधिकरणले सो क्षेत्रमा विद्युत् कटौती गर्दै सुधार अगाडि बढाएको हो । वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तार तथा ट्रान्सफर्मरको क्षमता सुधार, चट्याङ प्रतिरोधक उपकरणलगायत जडानका लागि नियमित काम भइरहेको छ । 

सो कामका लागि मङ्गलबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म पुरानो गुह्येश्वरी, फूलबारी गेट, मुड्खु भन्ज्याङ, बतासे डाँडा, धितालचोक, तीनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जीतपुर हुँदै धादिङको छत्रे देउरालीसम्मको विद्युत् कटौती हुने उनले बताए ।
यस्तै मङ्गलबार नै सोही समयमा जनजागृति, रोटरी क्लब, टौडोल, शीतला विद्यालय, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटारसम्म समेत विद्युत् कटौती हुने प्रमुख रेग्मीले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved