३ 'हाईप्रोफाईल' हत्यामा संलग्न सुटर पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 29, 2018 | 09:36:19 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या गरेको आरोपमा झापाका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौँका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई पक्राउ गरेको हो । महाशाखाले झापाको सीमावर्ती क्षेत्रबाट राना, लोप्साङ र बुढाथोकीलाई आज पक्राउ गरेको हो । 

महाशाखाले आजै पत्रकार सम्मेलन गरी युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र गौचन हत्यामा संलग्नलाई पक्राउ गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले गौचनको हत्याका सुटरको रुपमा अम्बरबहादुर राना र तिवारीको हत्याको सुटरका रुपमा लोप्साङ रहेको अनुसन्धानमा खुलेको जानकारी दिए । “विसं २०७३ चैतमा काठमाडौँ बौद्धस्थित दिव्य पार्टी प्यालेसको जिम क्लबअगाडि दावा लामालाई गोली प्रहार गर्नेसमेत अम्बरबहादुर राना नै रहेको अनुसन्धानमा खुलेको छ,”उनले भने । 

लामा र गौचनको सुटर राना विस २०७२ मा कालीध्वज गण, इलामबाट नेपाली सेनाका भगौडा सिपाई रहेको महाशाखाले जनाएको छ । यी तीनैजना कारागारमा रहेका समिरमानसिंह बस्नेत र प्रहरी मुठभेडमा मारिएका मनोज पुनको निर्देशनमा विभिन्न समयमा हत्या र ज्यान मार्ने उद्योगमा संलग्न रहेको महाशाखाले जनाएको छ । 

प्रहरीले यसअघि घटनामा संलग्न रहेको भन्दै ११ जनालाई पक्राउ गरेपनि मुख्य सुटर भने पक्राउ गर्न सकेको थिएन । पक्राउ परेका तीनैजनालाई मङ्गलबार (भोलि) काठमाडौँ जिल्ला अदालतमा बुझाइने महाशाखाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved