१५ वटा निर्माण कम्पनी कालोसूचीमा, पप्पुले कसरी पायो उन्मुक्ति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 30, 2018 | 08:29:43 AM मा प्रकाशित

laxmi  sunrise bank

ठेक्का ओगटेर काम नगर्ने र निर्माण कार्यमा लापरबाही गर्ने १५ वटा ठेकेदार कम्पनीलाई कालोसूची परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायले गत असार मसान्तसम्म गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐनबमोजिम ती कम्पनीलाई एकदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

तर यो सुचीमा सडक, पुललगायत दर्जनौं ठेक्का लिएर अलपत्र पार्ने विवादास्पद ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन भने परेको छैन । कुनै पनि विकासे कार्यालयले सिफारिस नगरेका कारण पप्पु कालोसूचीमा नपरेको कार्यालयले जनाएको छ ।

कुनै पनि विकासे कार्यालयले सिफारिस नगरेका कारण कालोसूचीमा नपरेको कार्यालयले जनाएको छ । पप्पुले आर्थिक चलखेलका भरमा राजनीतिक तथा प्रशासनिक संरक्षण पाउने गरेको जानकार बताउछन् ।

कालोसूचीमा राखिएका निर्माण कम्पनीमा इशान कन्स्ट्रक्सन प्रालि, भुवनेश्वरी इन्टरनेसनल प्रालि, एमएस जेभी इन्टरनेसनल, गौरव निर्माण सेवा, एमडी, धर्मेन्द्र जेभी, लामा बिल्डर्स प्रालि, एमडी बिल्डर्स प्रालि, धर्मेन्द्र निर्माण सेवा, एमए इन्डस्ट्रियल एसोसिएट र गापा कागेश्वरी सप्लायर्स प्रालि छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved