महतोका हत्यामा संलग्नलाई कारवाही गर्न कांग्रेसको माग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 31, 2018 | 08:06:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काङ्ग्रेसले सर्लाही रामनगर गाउँपालिका–४ का रामविलास महतोको हत्यामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।
काङ्ग्रेसले एक विज्ञप्तिमार्फत मृतकलाई शहीद घोषणा गर्न र उक्त घट्नाका घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको हो । 

विज्ञप्तिमा भनिएको छ, “सर्लाही रामनगर गाउँपालिका–४ का काङ्ग्रेसबाट विजयी वडा अध्यक्ष राम नरेश महतोको काका ५५ वर्षीय रामविलास महतोलाई नेकपाका कार्यकर्ताहरुले गोली हानी हत्या गरेका छन्, उनीहरुले एक्कासी कुटपिट र गोली चलाएका थिए ।” 
गोली लागेर सोही वडाका काङ्ग्रेसका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहा गम्भीर घाइते भएको विज्ञप्तिमा उल्लेख छ । 

नेकपाका कार्यकर्ताहरुले वडा अध्यक्ष महतोको घरसहित वरपरका अन्य घरमा समेत क्षति पु¥याउनुका साथै घाइते लिन गएको एम्बुलेन्स माथिसमेत तोडफोड गरेर उपचारमा लैजानसमेत समस्या उत्पन्न गरेको काङ्ग्रेसको आरोप छ । 

घट्नाको अघिल्लो दिन वडाध्यक्षलाई कुटपिट गरिएको र त्यसको भोलिपल्ट उनकै घरमा आक्रमण गरेर गोली हानिएको काङ्ग्रेसले विज्ञप्तिमा जनाएको छ । साथै अप्रिय घट्ना घट्न सक्ने सम्भावना रहेपनि प्रहरी प्रशासनले सुरक्षा दिन नसक्नु अत्यन्त दुःखद भएको काङ्ग्रेसको ठहर छ । 

यस घटनालाई काङ्ग्रेसले अत्यन्त गम्भीरतापूर्वक लिएको जनाउँदै सरकारको गम्भीर ध्यानकर्षण गराएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनसहित उपसभापति विमलेन्द्र निधि बुधबार सर्लाही जाने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved