कतारले श्रमिक छनौट गर्न नेपालमा सीपविकास कार्यालय खोल्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 31, 2018 | 09:20:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । उक्त कार्यालयले अदक्ष कामदारलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसै गरी सो कार्यालयबाट नेपाली श्रमिकको छनोट, स्वास्थ्य परीक्षण र बीमालगायत एकीकृत सेवा प्रदान गरिने छ ।

कतारको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री इशा बिन साद अल जफाली अल नुआइमीबीच सो विषयमा छलफल भएको छ । कतारमा ठूलो सङ्ख्यामा रहेका नेपाली श्रमिकका समस्या समाधानमा आफूले विशेष र गम्भीर चासो व्यक्त गरेको र कतारका मन्त्री ती समस्या समाधान गर्न अत्यन्त सकारात्मक रहेको मन्त्री ज्ञवालीले बताए । 

मन्त्री ज्ञवालीका अनुसार नेपाल र कतारका राष्ट्राध्यक्षहरूका बीचमा समेत नेपाली श्रमिकका सुरक्षा र चासोका विषयमासकारात्मक छलफल भएको छ जसले गर्दा नेपाली श्रमिकका समस्या छिट्टै समाधान हुनेछन् । हाल कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved