नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने समझदारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 31, 2018 | 07:53:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग बाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारी भएको छ। 

समझदारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र निगमका अध्यक्ष ली साङ जीकले हस्ताक्षर गरे । अन्तर्राष्ट्रिय बजारमा दुबै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने उद्देश्य रहेको कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ । 

यसबाट समग्रमा साना तथा मझौला व्यवसायलाई युग सुहाउ“दो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने भन्दै महासंघले यसका उद्देश्य, सहयोगका क्षेत्र, समन्वय गर्ने अधिकारीको व्यवस्था, कार्यान्वयन इकाई, वित्तिय व्यवस्थापन लगायत गरी १५ वटा दफाहरू समेटिएका छन् ।

साना उद्यमीहरूलाई नीतिगत सुधारमा काम गर्नसक्ने गरी क्षमता विकासमा जोड दिने, दुवै देशमा अवलम्वन गरिएका नीति तथा कानुन, प्रविधि, ज्ञान, सीपको आदान प्रदान, बजार प्रवद्र्धन, विद्यमान ऐन कानूनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्न आ–आफ्ना सरकारलाई अनुरोध गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ । 

समझदारीपत्रमा दुवै संस्थाको वेभसाइटमार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी सूचना तथा जानकारी आदान प्रदान गर्ने, एकअर्का देशमा आयोजना हुने व्यापार मेलामा साना तथा मझौला व्यवसायसम्बन्धी विशेष प्रर्दशनीको प्रवन्ध गर्ने, यस सम्बन्धमा छलफल अन्तरक्रिया आयोजना गर्ने, साना मझौला उद्यमी व्यवसायीहरूको अध्ययन भ्रमणको व्यवस्था समयसमयमा मिलाउने, दुवै देशले अवलम्वन गरेका प्रविधिहरूका विषयमा जानकारीसहित प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने आदि उल्लेख गरिएको छ । 

समझदारीपत्र हस्ताक्षर समारोहमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको साना तथा मझौला व्यवसायको विकासका लागि उद्यमशीलता र नविनता महत्वपूर्ण तत्व रहेकोमा जोड दिइयो । पर्याप्त वित्तिय पहु“चको अभाव, न्यून उद्यमशीलता, तालीम तथा व्यवसाय सुरु गर्ने जानकारीको अभाव, वजार प्रर्वद्धन तथा संस्थागत विकास हुन नसक्नुनै नेपालमा साना तथा मझौला व्यवसायले भोग्नु परेका प्रमुख समस्या रहेको औल्याउंदै दुवै संस्थाबीच भएको सहकार्य यस क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने विश्वास समेत सो अवसरमा प्रकट गरियो । समझदारीपत्रमा हस्ताक्षरपछि साना तथा मझौला व्यवसायका लागि नेपाल कोरिया बीटुबी अन्तरक्रियाको समेत आयोजना गरिएको थियो । 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष गोल्छा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण साःख, एसबीसीका अध्यक्ष ली साङ जीक र नेपाल कोरिया उवासंघका महासचिव सुनिल खेतानले मन्तव्य राखेका थिए। 

त्यसैगरी साउतीका अध्यक्ष पोषराज पाण्डेले नेपालमा साना तथा मझौला व्यवसायमा लगानीको अवसर तथा साझेदारीका सम्भावना र एसबीसी कोरियाका जुङ हुवान मुनले कोरियन साना तथा मझौला व्यवसायका विषयमा प्रस्तुती दिए । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, नेपाल कोरिया उवासंघका सदस्यहरू, दुवै देशका उद्यमी व्यवसायीहरूको महत्वपूर्ण सहभागिता रहेको थियो। 

कार्यक्रममा नेपाल र कोरियाबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारको अथाह सम्भावना रहे पनि दुवै देश बीचको व्यापार भने यद्यपी निकै सानो आकारमा रहेकाले आपसी व्यापार प्रवद्र्धनमा समेत यो सहकार्यबाट सघाउ पुग्ने विश्वास प्रकट गरियो । महासंघमा रहेको तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०१६÷१७ मा नेपालको कोरियास“ग ८२.६ मिलियन अमेरिकी डलर वरावरको व्यापार घाटा रहेको देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved