राष्ट्रिय परिचय पत्रको छपाई सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2018 | 03:09:26 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परिचय पत्र छाप्ने काम सुरु भएको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहीबारदेखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको हो । गृहमन्त्रालयका सचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालय भित्रैबाट राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गरिएको हो । पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरी एक लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छापिनेछ । 

तीन वर्षमा देशभर राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्यसहित केन्द्रले चालु आर्थिक वर्षमा १५, अर्को वर्ष २५ र तेश्रो वर्षमा २६ जिल्लामा वितरण गर्ने जनाएको छ । केन्द्रले पहिलो चरणमा छापिने परिचय पत्र यसै महिनामा वितरण गरिने पनि लक्ष्य लिएको छ । नागरिकको बायोमेट्रिक परीक्षण गरी वितरण गरिने जनाईएको छ । 

नेपालको संविधानको धारा ५१ मा राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणालीको स्थापना गरिने छ भन्ने उल्लेख छ । नागरिकता विस्थापन गरी राष्ट्रिय परिचयपत्र बनाउन लागिएको हो । त्यसैव्यवस्था अनुसार राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र स्थापना गरी सरकारले राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गरेको हो । 

तीन वर्षभित्र सबैलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने लक्ष्य लिएको केन्द्रसँग अहिले प्रतिघण्टा ५ सय कार्ड छाप्ने क्षमताको एउटा मात्रै मेसिन छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिपक काफ्लेले ३ वर्षभित्रै कार्ड वितरण गर्न कम्तीमा प्रतिघण्टा ४ हजार कार्ड छाप्न सक्ने मेसिन १८ घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मेसिनको क्षमता बढाउनुपर्ने आवश्यकता औल्याए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved