स्याङ्गजाको सिरुवारी र स्वरेक मैदान प्याराग्लाइडिङ नयाँ पर्यटकीय गन्तव्यको सूचीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 02, 2018 | 09:26:51 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्गजाको सिरुवारी र स्वरेक मैदान प्याराग्लाइडिङ सरकारले सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेका छन्। सरकारले ओझेलमा परेका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएर घोषणा गरेको १ सय गन्तव्य पर्यटकीय स्थलमध्ये स्याङ्गजाका यि दुई पर्यटकीय स्थलहरु नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेका हुन्।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विहिबार एक विज्ञप्ती जारी गर्दै नयाँ एक सय वटा पर्यटकीय गन्तव्यको सूची प्रकाशित गरेको हो। जिल्लाका सिरुवारी र स्वरेक मैदान प्याराग्लाइडिङ पर्यटकीय गन्तव्यको सूचीमा परेपछि जिल्लावासिहरुमा उत्साह छाएको छ।

नेपालका प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिबाट महत्त्वपूर्ण मानिने स्थलहरुको खोजि गरी तिनीहरुलाई पर्यटकिय स्थलमा विकास गर्ने सरकारको चालू आर्थिक बर्षको लक्ष्य अनुसार नै थप १ सयवटा पर्यटकीय गन्तव्य स्थल पहिचान गरिएको हो। सरकारले आर्थिक बर्ष २०७५-०७६ को बजेटमा यसको विकासका लागि ५० करोड रुपैयाँ छुट्याएको थियो।

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन्। नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए। जस मध्ये मन्त्रालयले एक सय वटाको सूची प्रकाशन गरेको हो। सुचिकृत गन्तब्यहरुमा चालू आर्थिक बर्षमा विनियोजित बजेटबाट बाँडफाँड गरिने मन्त्रालयका सहसचिब तथा प्रवक्ता घनश्याम उपाध्यायले जनाएका छन।

यो पनि: प्याराग्लाइडिङ विश्वकप स्याङ्जामा सुरु हुदै

सिरुवारीबारे  
गाउँ पर्यटनको इतिहासमा सिरुवारीको नाउँ सुनौला अक्षरले लेखिएको छ । नेपालको पहिलो पर्यटन गाउँ हो सिरुवारी । स्याङजाको आधिखोला गाउँपालिका– १ को गुरुङ वस्तीलाई सिरुवारी (१,६१० मिटर) भनिन्छ । त्यहाँ गुरुङका ३९ घर छन् जहाँ १७ घरमा होमस्टे सुविधा छ ।

गाउँमा गुरुङ जीवन शैली र सास्कृतिक कार्यक्रममा रमाउन सकिन्छ । गाउँको सिरानमा रहेको गोरुजुरे डाँडावाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छे« हिमालको सुन्दर दृश्य देखिन्छ । सुर्योदय र सूर्यास्तका वेला मनमोहक देखिन्छ हिमाल । गाउँलेपन वाँचेको छ सिरुवारी ।

सिरुवारी होमस्टे
होमस्टे पर्यटनको शुभारम्भ सिरुवारीवाटै भएको हो । नेपालमा होमस्टे सुविधासहित गाउँ पर्यटन अवधारणा व्यवहारमा लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङ हुन् । वि।सं। १९८७ भदौ १२ गते सिरुवारीमा जन्मेका गाउँ पर्यटनका नायक रुद्रमानको १५ फागुन ०७२ मा निधन भयो । उनले २०२५ सालमै सिरुवारीलाई पर्यटन गाउँ वनाउने सपना देखेका थिए । तर, धेरै समय लाग्यो । ०४८ सालदेखि पुर्वाधार विकासमा जोड दिए ।

०५४ असोजदेखि होमस्टे सुरु गरियो । गुरुङ संस्कृतिका लागि सिरुवारी । गाउँलेहरु आत्मिय व्यवहारका साथ अग्र्यानिक खाना खुवाउँछन् । आज सिरुवारी गाउँ होमस्टे पाठशालाका रुपमा स्थापित भैसकेको छ ।

कसरी पुग्ने: काठमाण्डौ पोखरा २०० कि।मी । पोखरावाट सिरुवारीसम्म गाडी चल्छ । पोखरा–कार्कीनेटा सिरुवारी ६४ कि।मी छ । पोखराको पृथ्वीचाकवाट विहान १०ः३०,११ र दिउसो १ वजे वस छुट्छन् । तिनले ५ घन्टामा गन्तव्य पुर्याउँछन् ।

सम्पर्क
पर्यटन विकास समिति सिरुवारी, स्याङजा
(यो सामग्री होमस्टे दर्पण २०७४ बाट लिइएको हो । गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल, प्रदेश नम्बर ४ पोखरा र नेपाल पर्यटन बोर्डले प्रकाशन गरेको हो ।)

थप १ सय वटा पर्यटकीय गन्तव्य स्थल पहिचान (सुची सहित)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved