काङ्ग्रेसको चियापान आज, ५ लाखलाई निम्तो

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 02, 2018 | 10:49:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काङ्ग्रेसले दशैँ, तिहार, छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्दैछ । काङ्ग्रेसका तत्कालिन सभापति बीपी कोइरालाले २०३४ सालमा सुरु गरेको चियापानलाई काङ्ग्रेसले निरन्तरता दिँदै आज चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो । 

हरेक वर्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदै आएको चियापान कार्यक्रम यो वर्ष भने देशभरै हुाँदैछ । देशका ७३ वटा जिल्लामा एकै साथ चियापानको आयोजना हुने नेपाली काङ्ग्रेसले जनाएको छ । देशभर ५ लाखलाई निम्तो बाँडिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘हाम्रो ४१ वर्षे इतिहासमा पहिलोपटक यो कार्यक्रमलाई विकेन्द्रीकरण गर्दै छौँ’, उनले भने । 

उपत्यकाको तीन जिल्लाको कार्यक्रम पार्टी केन्द्रीय कार्यालयमै हुने र सर्लाही बाहेक ७३ जिल्लामा कार्यक्रम हुने शर्माले जनाए ।  कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक, कूटनीतिक नियोगका प्रमुख लगायतका विशिष्ट व्यक्तिको सहभागिता रहने प्रवक्ता शर्माले बताए । 

राजनीतिक रूपमा देखिएका असमझदारीलाई चिर्न चियापान कार्यक्रमले महत्पूर्ण भूमिका निर्वाह गर्ने काङ्ग्रेसले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved