वामपन्थी नेता तुलाधरको निधन

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 04, 2018 | 02:25:42 PM मा प्रकाशित

laxmi  sunrise bank

पुराना वामपन्थी नेता पद्मरत्न तुलाधरको नर्भिक अस्पतालमा आईतबार निधन भएको छ । उनलाई गत मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको थियो । 

पूर्व मन्त्री एवम् मानवअधिकारवादी समेत रहेका उनको उपचारको क्रममा अस्पतालमै निधन भएको हो । उनको रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएकाले अस्पताल भर्ना गरिएको थियो । उनको उपचारमा न्युरो टोली डा. पंकज चलान, डा. राजिव झा, छाती रोग विशेषज्ञ डा. रमेश चोखानी र मिर्गौला रोग विशेषज्ञ आरके अग्रवालको टोली खटिएको थियो । 

तुलाधर सरकार र तत्कालिन माओवादीबीचको शान्ति वार्ताका मध्यस्थकर्ता समेत थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved