तिहारको पहिलो दिन आज कागको पूजा गरिँदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 05, 2018 | 09:02:21 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार आजबाट सुरु भएको छ । यमपञ्चक पनि भनिने तिहारको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । कागलाई यमदूत र प्रकृतिको कुचिकार पनि भन्ने गरिन्छ ।  

आज कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिँदै आईएको छ । 

तिहारको दोस्रो दिन भोली कुकर तिहार र तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ । चौथो दिन गोबर्द्धन पूजा गरेपछि पाँचौं दिन भाइटीका लगाइन्छ । यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  

चन्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाईने तिहार अवधिभर यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved