काग तिहारमा रमेश दुलाल (कागे) को काग सम्मेलन

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 05, 2018 | 09:33:12 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार आजबाट सुरु भएको छ । यमपञ्चक पनि भनिने तिहारको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । यसको अवसरमा राष्ट्रिय संगीतकर्मी संघले राजधानीको शान्ति बाटिकामा काग सम्मेलन आयोजना गर्यो । 

काग सम्मेलनमा १७३ जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर ३०० भन्दा बढी काग जम्मा पारे । 

सपनामा आफूले कागको स्वर निकालेको देखेपछि विपनामा नै प्रयास गरेका उनी सफल भए । ६ महिना बनमा नै बसेर काग लगायतका चरा र जीव जनावरको आवाज निकाल्न सिके । उनले हाल १७३ जीव जनावर तथा चराचुरुङ्गिको आवाज निकाल्न सक्छन् । दुलालले विगत १४ वर्षदेखि तिहारको अवसरमा काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् । उनको यो १५ औँ काग सम्मेलन हो । 

‘संविधान नबन्दा काग बोलाएर नयाँ बानेश्वरस्थित संसद् भवन र अन्तर्राष्ट्रिय विमानस्थल घेराउ गरे, भारतले नाकाबन्दी लगाउँदा भारतीय राजदूतावासको मूल गेट अगाडि काग बोलाएर विरोध गरे’ दुलालले भने । दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved