मुख्यमन्त्री पौडेल विरुद्ध आगो ओकले स्थापितले, सिआईएको पैसाले 'राजा' बन्न खोजेको आरोप (भिडियो)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 07, 2018 | 10:38:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआईएसँग साँठगाँठ रहेको आरोप लगाएका छन। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनको लागि पनि पौडेलले ‘द एशिया फाउण्डेशन’ को आर्थिक सहयोग लिएको आरोप लगाएका छन।      

‘ललितपुरको भैसेंपाटीमा उनको सयन कक्ष छ, उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ, त्यही भैंसेपाटीको घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन, तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई थाहा छैन्, त्यो अफिसको सबै स्टाफ र फर्निचरको फण्डिङ द एशिया फाउण्डेशनले गरेको छ’  उनले भने।  

पौडेलले यति ठुलो राशिको रकम सहयोग लिनलाई अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्विकृति नलिएको स्थापितले आरोप लगाएका छन। 'मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन, यो विषयलाई मैले अब संसद खुल्नेबित्तिकै जोडदारसँग राख्छु' उनले भने। 

स्थापितले विभिन्न पार्टी डुलेर आएको कारणले कारबाही गरेको भनेको प्रसँग कोट्याए। उनले थपे,‘स्वयम् अहिलेको प्रधानमन्त्रीले मलाई मेरो खुट्टा भाँच्चिएको दिनमा डाकेर केशब तिम्रो र मेरो आन्द्रा गाँसिएको छ, तिम्रो मनको सपनाको एक प्रतिशत पनि दियौं भने यो मुलुक बन्छ भनेर म गएको हुँ, यो पूरानो ईस्यु हो, यसको कुनै सान्दर्भिकता छैन् ।’ 

मुख्यमन्त्री पौडेलविरुद्ध खनिएका उनले भने,‘सफलता र असफलताको कुरा उठाउने ? उहाँ हेटौंडाको १० वर्ष मेयर भएको मान्छे होईन, त्यहाँ सहिद पार्कबाहेक अरु के छ ?  की त त्यहाँ ठींग्ग उभिने रुख छ । अशोकको बृक्ष । त्यो पनि साईनबोर्ड टाँस्नलाई राखेको जस्तो छ ।’ 

उनले अगाडी भने,‘हाम्रोमा पार्टीभित्र गुट छ, मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो, सभामुखमा पनि दाबी गरेको हो, अहिलेको डोरमणिको दाबी थिएन्, बरु अष्टलक्ष्मीको दाबी थियो, उहाँकहाँ गएर मलाई पूर्वाधार मन्त्री बनाउनु भनेर पौडेल हिँडेको हो, उहाँको हैसियत नै त्यही हो । त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो, हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो, तर, आज दम्भ देखाउने ? अहिले भर्खरै एउटा पत्रिकामा व्यंग्य आएको थियो, श्रीपेचको चोरी भनेर, यदि त्यो श्रीपेच चोरी भयो भने मेरो मुख्यमन्त्रीलाई लाईदिए भयो, अरे बाबा सर्वेसर्वा हुन्छ त ? संसद छैन, संविधानले व्यवस्था गरेको कुरालाई नाघेर हिँड्न पाईन्छ ?’

उनले मुख्यमन्त्री पौडेलले सिआईको पैसा लिएर जिल्ला–जिल्ला र क्षेत्र–क्षेत्रमा गएर कार्यक्रम सञ्चालन गरेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘सिआईएको पैसामा कार्यक्रम सञ्चालनमात्रै होईन, यहाँको सबै सूचना लिएर अनि सिआईलाइ समर्पण गर्ने मान्छे नेकपाको सदस्य हुन सक्छ र ?’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved