दराजको सेल डे यसरि बन्दैछ 'ठग डे' (प्रमाणसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 11, 2018 | 11:45:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको कुनै ठुलो पर्व जस्तै तामझामका साथ दराजको सेल डे का रुपमा प्रचार गरीएको नोभेम्बर ११ 'महँगो डे' साबित भएको छ। चाइनिज जायन्ट अलिबाबा ग्रुपले लिएपछि केमुबाट रुपान्तरण भई बनेको दराजले ८० प्रतिशतसम्म छुट दिने भनि नेपालसंगै पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा एकै पटक सेल डे मनाउने घोषणा गरेको हो।   

सेल डे अर्थात आजका दिन ८० प्रतिशतसम्म छुट दिने भनि प्रचार प्रसार गरीएपनि ग्राहकहरुले बजार मुल्य भन्दा पनि बढी तिर्नुपरेको गुनासो आउन थालेको छ। कथित सेल डे का दिन दराजबाट सपिङ गरेका अधिकांश ग्राहकले आफुहरु लुटिएको भन्दै सामाजिक संजालमा दराजको चर्को आलोचना समेत गरेका छन।

सामान्यतया सेल डे का दिनमा बजारमा भन्दा अत्यधिक सस्तोमा समानहरु किन्न पाइने हो। तर दराजमा भने त्यसको ठिक बिपरित भएको भेटिएको छ। बजारमा १००० पर्ने सामानलाई २००० सम्म राखेर त्यसमा भारि छुट दिइएको भन्दै ग्राहकलाई १२०० भन्दा माथिमा उक्त सामान भिडाईएको पाइएको छ। बजार मुल्य भन्दा सस्तोमा पाइनुपर्ने सामान छुट पश्चात समेत महँगो पर्न गएपछि ग्राहकहरुले सामाजिक संजालमा असन्तुष्टि व्यक्त गरेका हुन।    

उनीहरुले दराज मा भएका समानहरुको मुल्यलाई बजार मुल्यसंग तुलना गर्दै दराजको सेल डे नभई 'ठग डे' भएको टिप्पणी गरेका छन। हेर्नुस, ग्राहकहरुको टिप्पणी जस्ताको त्यस्तै:    









Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved