मंसिर दोस्रो हप्ताबाट हात हातमा स्मार्ट लाइसेन्स

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 13, 2018 | 12:53:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मंसिरको दोस्रो हप्ताबाट स्मार्ट लाइसेन्स वितरण सुरु गर्ने तयारी थालेको छ । यातायात व्यवस्था विभागले दुई महिनामा सक्ने गरी स्मार्ट लाइसेन्स प्रिन्टको काम गरिरहेको छ । हालसम्म ६० हजारभन्दा बढी स्मार्ट कार्ड छापिसकिएको विभागले जनाएको छ । 

दशैँ र तिहारको विदाले काममा केही ढिला भएपनि समयमै वितरण गर्नेगरी काम भईरहेको विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए । “हामीले ६० हजारचन्दा बढी छापिसकेका छौँ, मंसिरको १५÷१६ बाट वितरण सुरु गर्छौ” उनले भने । 

विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्स नपाएका ५ लाखभन्दा बढी सेवाग्राहीलाई स्मार्ट कार्ड उपलब्ध गराउन मालिका इन्कर्पोरेट लिमिटेडलाई छपाईको जिम्मा दिएको थियो । ट्रायल परीक्षा पास गरका तर स्मार्ट कार्ड नपाएकाहरुलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागलेसँग प्रतिकार्ड १५ रुपैयाँ तिर्नेगरी सम्झौता गरेको हो । हाल दैनिक ४ हजारभन्दा बढी स्मार्ट कार्डको माग छ । अहिले ५ लाख बढी सेवाग्राही परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन लाइनमा छन् । 

विभागले आफूसँग भएका स्मार्ट कार्ड प्रिन्ट गर्ने मेसिन विग्रिएपछि निजी कम्पनीलाई छपाईको जिम्मा दिएको हो । मालिकाले ४५ दिनमा पाँच लाख बढी स्मार्ट लाइसेन्स छापी सक्ने गरी सम्झौता भएको थियो । यही विचमा दशैँ र तिहार परेपछि ४५ दिनमा नसकिने तर जतिसक्दो चाँडो छापिसक्ने विभागको भनाई छ । 

छपाईको लागी खाली कार्ड, विद्युत लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउँदै आएको छ । विभागको मीनभवनस्थित कार्यालयमै कार्ड छापिदैछ । मालिकाले प्रति कार्ड १५ रुपैयाँमा सम्झौता गरेको हो । 

अहिले कार्ड लिनको लागी लाइनमा रहेका ५ लाखभन्दा बढीलाई कार्ड वितरण गरिसकेपछि विभागले दैनिक ८ हजार कार्ड छाप्ने अत्याधुनिक यन्त्र ल्याउने जनाएको छ । त्यसका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ ।

यसअघि:

बिभागमै थन्कियो साढे तीन लाख स्मार्ट लाइसेन्स, तिहारसम्म पनि वितरण नहुने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved