सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 13, 2018 | 01:55:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दिर्घ सोडारी पदमुक्त भएका छन् । उनलाई प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरिदिएका हुन् । आन्तरिक विवादका कारण सामाजिक विकासमन्त्री सोडारीलाई हटाईएको मुख्यमत्रीको सचिवालयले जनाएको छ । सोडारीले भने पार्टीको गुटबन्दीका कारण आफूलाई मन्त्रीबाट हटाइएको आरोप लगाएका छन् । सोडारी एमालेका कैलाली जिल्ला अध्यक्ष समेत हुन् । 

सोडारी बर्खास्त हुने मन्त्रीको दोस्रो नम्बरमा परेका छन् । यसअघि तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापीतलाई पनि मुख्यमन्त्री डोरमणी पौडेलले बर्खास्त गरेका थिए ।

 पहिलो पटक संघियता अभ्यासको क्रममा रहेको प्रदेश सरकारबाट धमाधम मन्त्री बर्खास्त हुन थालेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved