प्रचण्डको टोलमा देउसी भैलो कार्यक्रम, सवा २ लाख संकलन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 13, 2018 | 04:21:45 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको खुमलटार स्थित कान्तिनगर टोल बिकास समितिले देउसी भैलो खेलेर सवा २ लाख संकलन गरेको छ । समितिले टोल भित्रको ३ स्थानमा देउसी भैलो खेलेर दुई लाख चौविस हजार चार सय संकलन गरेको समितीका अध्यक्ष लिलाराज बान्तवाले जानकारी दिए ।

टोलका सम्पूर्ण उमेर समूहका स्थानीय मिलेर देउसी भैलो खेलिएको र संकलित रकम टोलको समग्र बिकासको लागि नै खर्चिने गरिने अध्यक्ष बान्तवाले जानकारी दिए । उनका अनुसार अगामी दिनहरुमा बिषेश कार्य योजना बनाई नगरपालिका, वडा तथा बिभिन्न सरोकारवाला संध संस्थाहरु सँग सहकार्य गरि बिद्युत, बाटो, सरसफाई, हरियाली, आधारभुत शिक्षा तथा बिभिन्न सिपमुलक तालिममा खर्च गरिने छ ।

टोलको साना साना कार्यक्रमको लागि पनि नगरपालिकाको भर पर्नु नपरोस भनेर देउसी भैलो कार्यक्रम आयोजना गरिएको समितिका सदस्य राजेन्द्र थापाले बताए । सदस्य थापाका अनुसार टोल विकासको लागि उक्त कोलोनीमा रहेका सम्पूर्ण घरधनीहरु एक ठाउँमा भेला भएर देउसी कार्यक्रम आयोजना गरिएको हो । उक्त टोल नेकपाका अध्यक्ष प्रचण्डको टोल समेत हो । पुत्र वियोगमा परेका उनी यस पटक देउसी भैलोमा सहभागी भएका थिएनन ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved