दोहोरो पर्यटन शुल्क खारेजको माग गर्दै काठमाडौंमा प्रर्दशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 03:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहले नगरकोट प्रवेश गर्ने पर्यटकबाट शुल्क उठाउन थालेपछि नगरकोटका व्यापारीहरु आन्दोलित भएका छन् । स्थानीय सरकारले दोहोरो पर्यटन शुल्क उठाउन थालेको भन्दै त्यसको खारेजी गर्न वयवसायीले बिहिबार माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।
प्रदर्शनकारीले नगरकोट आउने पर्यटकहरुलाई नै भगाउने गरी स्थानीय तहले दोहोरो पर्यटन शुल्क लिन असुलेको भन्दै यस्तो काम रोक्न सरकारसँग माग गरेका छन् । स्थानीय सरकारले लुटेरा शैलीमा दोहोरो पर्यटन शुल्क लिएपछि पर्यटन व्यवसाय नै धरापमा परेको उनीहरुको गुनासो छ ।
चाँगुनारायण नगरपालिका र मण्डन–देउपुर नगरपालिकाले पर्यटकहरुसँग शुल्क लिन थालेका छन् । स्थानीय तहको यस किसिमको कामलाई पर्यटन व्यवसायीले पर्यटक भगाउने सरकारको नियत भएको भन्दै आलोचना गरेका छन् ।
पर्यटकहरुको आगमनलाई सहज बनाउन पूर्वाधार अन्तरगत पर्यटक बसपार्क, सार्वजनिक शौंचालय निर्माण गर्न पनि सरकारलाई पटक–पटक आग्रह गर्दै आएपनि सुनुवाई नभएको तर प्रवेश शुल्क भने दुवैतिरबाट असुल्न थालिएको नगरकोटका व्यापारी योगेन्द्र शाक्यले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved