३ अर्ब ४५ करोडमा यस्तो बन्दैछ धराहरा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 04:48:11 PM मा प्रकाशित

laxmi  sunrise bank

ऐतिहाँसिक सम्पदा धराहराको पुन निर्माण सुरु भएको छ । जिआइइटीसी/रमन जेभीले निर्माणको ठेक्का पाएसँगै निर्माण कार्यको थालनी भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भदौ १७ मा खोलेको टेन्डरमा जेभी कम्पनीले सबै भन्दा कम रकममा धराहरा बनाउने प्रस्ताव गरेको थियो । जेभीले ३ अर्ब ४५ करोडमा धरहराको निर्माण गर्नेछ ।
प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना गत वैशाख ३१ मा प्रकाशन गरेको थियो । प्रस्ताव दिएका कम्पनीमध्येबाट तीनको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले पाँच निर्माण कम्पनी छनोट गरेको थियो ।
धरहरा निर्माण गर्न अहिले निर्माणमा प्रयोग हुने सामाग्री जम्मा पार्न टुँडिखेलको दक्षिणी भागमा जस्तापाताले घेरिएको छ । भीमसेन थापा प्रधानमन्त्री रहँदा बनेको धरहरा २०७२ को भूकम्पले ढलाउँदा समेत चार पटक ढलिसकेको छ । यसअघिको धरहरा नौ तलाको थियो । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको बनाउने प्राधिकरणको तयारी छ ।
नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने छ । अब बन्ने धरहरामा लिफ्ट र र्भयाङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ । भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved