भोटेकोशी आयोजना विरूद सिडिओ कार्यालयमा उजुरी, सीईओ भन्छन् 'स्थानीयले बखेडा झिके'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 15, 2018 | 06:11:58 PM मा प्रकाशित

laxmi  sunrise bank

 मध्यभोटेकोशी जलविद्युत आयोजनाविरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा उजुरी परेको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफून्जो शर्माले आयोजना बिरुद्द उजुरी गरेका हुन् ।  कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर खुला गरेकै दिन आयोजना बिरुद्द उजुरी परेको हो ।

आयोजनाले गरेका सहमति पालना नगरेकोले उजुरी गर्नु परेको मेयर शेर्पाले बताएका छन् । आयोजनाले सहमति गरे अनुरुप आयोजना प्रभावित वडामा बिद्यालय, स्वास्थ्य चौकी नबनाईदिएको , स्थानीयलाई एम्बुलेन्स नदिएको, झोलुंगे पुलमा क्षति पुर्याएको, यस अघि भएका सहमति पालना नगरेको, ठेकदारलाई ४५ करोडको बक्यौता नदिएको लगायतका आरोप आयोजना माथि लागेको छ।

आयोजनाका सीइओ मणिकुमार काफ्ले, आयोजनाका कम्पनी सचिव टोमलाल सुवेदी, आयोजना प्रमुख सुनिलकुमार लामा र आयोजनाका डिजाइनर विजयलाल श्रेष्ठविरुद्ध प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो। 

यता आयोजनाका सीईओ काफ्लेले भने आरोप अस्विकार गरेका छन् ।  उनले आफुहरु सहमति अनुसारको सबै काम गर्न तयार रहेको भएपनि स्थानीयले नै बखेडा झिकेका आरोप लगाएका छन् । बिद्यालय र स्वास्थ्य चौकी बनाउन टेन्डर आह्वान गर्न आफुहरु जुनसुकै बेला तयार रहेको तर त्यसमा स्थानीयले सहयोग नगरेको आरोप लगाए । उनले भने 'बिद्यालय र स्वास्थ्य चौकी बनाउन टेन्डर आह्वान गर्नु पर्छ, सरकारको नयाँ नियम अनुसार त्यसको लागि ईबिडिंग गर्नु पर्छ, तर वहाँहरु ईबिडिंग गर्नै मान्नु हुन् । 

आफुहरु नियम अनुसार चल्न खोजेको तर स्थानीयले असहयोग गरेको उनले गुनासो गरे ।  एम्बुलेन्स दिन पनि आफुहरु तयार रहेको तर त्यसको लागि एम्बुलेन्स संचालन गर्न संस्थाले कार्यविधि बनाएर ल्याउनु पर्ने सीइओ काफ्लेले बताए । उनले भने 'एम्बुलेन्स संचालन गर्नको लागि कार्यविधि बनाएर ल्याएको दिन मै हामी एम्बुलेन्स हस्तान्तरण गर्छौ'।  

त्यस्तै उनले ४५ करोड तिर्न बाँकि रहेको आरोपको पनि खण्डन गरेका छन् ।  उनले आजको मितिसम्म तिर्न बाँकि एउटा मात्र बिलको हिसाब रहेको र त्यो ५० लाख मात्रको भएको जानकारी दिएका छन् ।  उनले भने 'केहि दिन आगाडी आएको एउटा मात्र बिलको भुक्तानी बाकी छ, ४५ करोड बाँकि भन्ने कुरा निराधार हो' ।  

पुलको समस्या मर्मत भएर मानिसहरु आवतजावत गर्न सक्ने अवस्थामा रहेको र पूर्ण मर्मतको लागि कन्सलटेन्टलाई निर्देशन दिईसकेको र कन्सलटेन्टले पनि कन्ट्रयाक्टरलाई समय तोकेर पुरा गर्न निर्देशन दिएको बताए । यदि कन्ट्रयाक्टरले तोकेको समयमा पुल मर्मत नगरे आफैले कन्ट्रयाक्टरलाई दिइने रकमबाट कटाएर पुल मर्मत गर्ने जनाए । 

आफुहरु सरोकार समिति र स्थानीय संग नियमित छलफलमा रहेको समेत उनले जानकारी दिए ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने दुवै पक्षलाई छलफलमा बोलाएर उचित समाधान निकालिने बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved