निर्मलापन्तको हत्याराबारे मन्त्री बास्कोटाले दिए रिस उठ्ने जवाफ ! (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 08:07:26 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषदको बैठकले पांचदिन अघि गरेको निर्णय सुनाउने क्रममा बलात्कार गरि हत्या गरिएकी निर्मलापन्तको हत्याराबारे सोधिएको प्रश्नमा संचार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले ठाडो जवाफ दिएका छन। 

निर्मलापन्तको बिषयमा सरकार उदासिन र नरम हुन नसक्ने बताउदै मन्त्री बास्कोटाले कारबाही गर्नलाई अहिलेसम्म अपराधीनै पक्राउ नपरेको जवाफ दिए। 'कारबाही गर्नलाई अपराधी त फेला पार्नु पर्यो, जता जता शंका लागेको छ त्यतै सोझ्याउनु भएन' उनले भने, 'सरकारले छानबिन छानबिन गरिरहेको छ, अपराधीलाई कानुनि दायरामा ल्याउन सरकार क्रियाशील छ, अपराधी समातिन १६ बर्ष पनि लाग्न सक्छ'     

सम्बन्धित मन्त्रालयले काम गरिरहेको बताउदै मन्त्री बास्कोटाले अनुसन्धान न्यारो डाउन हुँदै गएको बताए। केहि घटना अपबाद हुन सक्ने बताउदै उनले प्रहरीले ९५ प्रतिशत छानबिन सकेको बताए। 

मन्त्रिपरिषद्को बैठक लगत्तै निर्णय सार्वजनिक गर्ने पछिल्लो प्रचलन तोड्दै मन्त्री बाँस्कोटाले मन्त्रीलाई नै उदृत गर्दै लगभग सबै निर्णय सार्वजनिक गरे। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बाँस्कोटाले खराव नियत नभई निर्णय सार्वजनिक गर्ने प्रचलन र पद्दतिलाई व्यवस्थित मात्र गर्न खोजिएको प्रष्टीकरण दिए।

मन्त्री बाँस्कोटाका अनुसार सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । थापालाई तीन हप्ताको म्याद दिइएको छ । रिक्त भएको राजदूत पदमा अञ्जान शाक्यलाई सिफारिस गरिएको छ ।

थापालाई फिर्ता बोलाउने निर्णय गरेकै दिन भारतका लागि निलाम्बर अचार्य, मलेसियाका लागि उदयराज पाण्डे र यूएईका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरिएको थियो। यस्तै, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved