राजपरिवारको ७१ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 09:26:20 AM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका सदस्यहरुको नाममा रहेको ७१ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा ल्याइएको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा देशका विभिन्न ठाउँमा रहेको करिब ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याइएको बताए।  

राजा वीरेन्द्रको नाममा रहेको काठमाडौं महानगरपालिका ३१ कमलादीस्थित १४ आना घर/जग्गा, गोकर्णराज निकुञ्ज वन कम्पाउण्डभन्दा बाहिर रहेको ७० रोपनी ९ आना जग्गा र भक्तपुर जिल्ला मध्यपुर ठीमी (साविकको निलबराही, बोडे वडा नम्बर ९) मा रहेको ३ आना जग्गा नेपाल ट्रष्टको नाममा कायम गरिएको उनले जानकारी दिए ।

यसैगरी, आइतबारको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्यावधि एक वर्ष थप्ने निर्णय पनि गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved