धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ लाई देश निकाला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 09:27:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिकलाई देश निकाला गरेको छ  । अध्यागमन विभागका अनुसार गत ४ महिनाको अवधिमा पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारदेखि अवैध व्यापारसम्ममा संलग्न १६३ लाई देश निकाला गरिएको हो ।

उनीहरूमध्ये अधिकांशले लुकिछिपी विभिन्न अवैध व्यापारसमेत गर्ने गरेको खुलेको छ  । पर्यटक भिसामा आएकाले कुनै प्रकारको व्यापार व्यवसाय गर्न पाउँदैनन् । व्यापार व्यवसाय गर्न बिजनेस भिसा लिनुपर्ने प्रावधान छ ।

विभागले आर्थिक वर्ष २०७४÷७५ मा गलत काम गर्ने ६२२ जना विदेशीलाई निकाला गरेको थियो ।पर्यटक भिसामा नेपाल आएका विदेशीले धर्म प्रचार गर्न र अवैध व्यापार गर्न थालेपछि अध्यागमन विभागले पहिलोपटक ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७५’ बनाएर अनुगमनमा कडाइ गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved