६० हजार स्मार्ट लाइसेन्स विभागमा, कहिले पुग्छ सेवाग्राहीको हातमा ?

शुक्रबारबाट लाइसेन्सको परीक्षा सुरु हुँदै
निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 16, 2018 | 11:28:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारबाट ५ लाखभन्दा बढी स्मार्ट लाईसेन्स छपाईँको जिम्मा पाएको मालिका इन्कर्पोरेट लिमिटेडले ६० हजार कार्ड छापेको छ । मालिकाले मंसिर २ गते आइतबार छापिएका ६० हजार कार्ड यातायात व्यवस्था विभागलाई बुझाउने भएको छ ।
व्यवस्था विभागले दुई महिनामा सक्ने गरी स्मार्ट लाइसेन्स प्रिन्टको काम गरिरहेको छ । मालिकाले छापेर दिएका कार्ड मंसिरको दोस्रो हप्ताबाट वितरण सुरु गर्ने विभागको तयारी छ ।
कमको जिम्मा लिँदा मालिकाले दैनिक २० हजार कार्ड छापेर २ महिनामा सबै कार्ड छापिसक्ने बताएको थियो । तर विभागले नै आवश्यक डाटा उपलब्ध गराउन नसकेको भन्दै भनेजति कार्ड छाप्न नसकिएको मालिकाका प्रबन्ध निर्देशक सुरेद्र ढकालले बताए । विभागले आवश्यक डाटा उपलब्ध गराएपछि दैनिक लाईसेन्स छपाईको संख्या बढ्ने उनको भनाई छ । ‘‘हामीले छापिसकेका ६० हजार कार्ड विभागलाई उपलब्ध गराउँछौँ, आइतबारसम्म हामी बुझाईसक्छौँ’’ ढकालले भने ।
विभागका प्रवक्ता गोकर्ण उपाध्याय दशैँ र तिहारको विदाले काममा केही ढिला भएपनि समयमै वितरण गर्नेगरी काम भईरहेको बताउँछन् । “हामीले ६० हजारभन्दा बढी कार्ड छापिसकेका छौँ, मंसिरको १५/१६ बाट वितरण सुरु गर्छौ” उनले भने ।
विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्स नपाएका ५ लाखभन्दा बढी सेवाग्राहीलाई स्मार्ट कार्ड उपलब्ध गराउन मालिका इन्कर्पोरेट लिमिटेडलाई छपाईको जिम्मा दिएको थियो । ट्रायल परीक्षा पास गरका तर स्मार्ट कार्ड नपाएकाहरुलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागलेसँग प्रतिकार्ड १५ रुपैयाँ तिर्नेगरी सम्झौता गरेको हो । हाल दैनिक ४ हजारभन्दा बढी स्मार्ट कार्डको माग छ । अहिले ५ लाख बढी सेवाग्राही परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन लाइनमा छन् ।
विभागले आफूसँग भएका स्मार्ट कार्ड प्रिन्ट गर्ने मेसिन विग्रिएपछि निजी कम्पनीलाई छपाईको जिम्मा दिएको हो । मालिकाले ४५ दिनमा पाँच लाख बढी स्मार्ट लाइसेन्स छापी सक्ने गरी सम्झौता गरेको थियो । यही विचमा दशैँ र तिहार परेपछि ४५ दिनमा नसकिने तर जतिसक्दो चाँडो छापिसक्ने विभागको भनाई छ ।
छपाईको लागी खाली कार्ड, विद्युत लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउँदै आएको छ । विभागको मीनभवनस्थित कार्यालयमै कार्ड छापिदैछ । मालिकाले प्रति कार्ड १५ रुपैयाँमा सम्झौता गरेको हो ।
अहिले कार्ड लिनको लागी लाइनमा रहेका ५ लाखभन्दा बढीलाई कार्ड वितरण गरिसकेपछि विभागले दैनिक ८ हजार कार्ड छाप्ने अत्याधुनिक यन्त्र ल्याउने जनाएको छ । त्यसका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ ।
विभागले मंसिर ७ गते शुक्रबारबाट लाइसेन्सको परीक्षा पनि सुचारु गर्ने भएको छ । दशैं, तिहार र छठ पर्व बिदाको लागि बन्द गरिएको अनलाइन फाराम फेरि सुरु हुन लागेको हो । विभागका अनुसार ७ गते बिहान १० बजेबाट अनलाइनमार्फत फाराम भर्न सकिनेछ ।

यसअघि:

मंसिर दोस्रो हप्ताबाट हात हातमा स्मार्ट लाइसेन्स

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved