माइक्रोबसका चालक र परिचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2018 | 10:25:55 AM मा प्रकाशित

laxmi  sunrise bank

ट्याक्सी चालकपछि अब माइक्रोका चालकले पनि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ। उपत्यकाका सबै रुटमा चल्ने माइक्रोका चालकले सुन्तला रंगको र परिचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको महानगरीय ट्राफिक  प्रहरी महाशाखाले जनाएको छ ।    

यस्तै माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुटसहितको प्लेट पनि राख्नुपर्नेछ । गत भदौ ६ गतेदेखि ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरेको महाशाखाले आजदेखि माइक्रोका चालक र परिचालकको लागि अनि अनिवार्य गरेको हो । 

पहिलो चरणमा फ्लोरेसेन्ट ज्याकेट नलगाउने चालक तथा परिचालकलाई सम्झाइबुझाइ गर्ने तर त्यसपछि पनि नमाने जरिवाना तिराइने महाशाखाले जनाएको छ । महाशाखाका तत्कालीन प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन सुरुवात गरे पनि माइक्रोबसका चालक तथा सहचालकले नलगाई अटेर गर्दै आएका थिए ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved