पप्पु कन्स्ट्रक्सन कालो सुचीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 08:38:17 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय विवादित बनिरहेको पप्पु कन्स्ट्रक्सन अन्तंत: कालोसूचीमा परेको छ । नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

कार्यालयले उक्त निर्णय सदर गर्नको लागि सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मा सिफारिस गरेको छ ।  पिपिएमओ कार्यालयले आयोजनाको मागबमोजिम कालोसूचीमा राख्ने निर्णय सदर गरेमा पप्पुले देशभरि कुनै पनि ठेक्कामा काम गर्न पाउनेछैन । कालोसूचीमा राख्ने निर्णय सदर भए पप्पुसँग धरौटी र मोबिलाइजेसनबापतको रकम असुल गरिने आयोजान्को तयारी छ।

 पप्पु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनियमितताको आंशकामा छानबिन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved