सांसद नै नआएपछि अर्थसमितिको बैठक स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 11:37:06 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अर्थसमितिको आज बिहान ९ बजेका लागि निर्धारित बैठक सदस्यको न्यूनतम उपस्थित सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यक्रम थियो । 

पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्नेमा ९ः३० बजेसम्म नौ जनामात्र उपस्थित भएपछि बैठक स्थगन भएको हो । 

बैठकमा सहभागी हुन अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीका साथै अन्य सरोकारवाला मन्त्रालयका सचिव र उच्चपदस्थ अधिकृत बिहान ९ बजेअघि नै उपस्थित भएका भएका थिए  ।  बैठक दिउँसो १ बजेसम्म बस्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved