यसरी भयो काभ्रेमा रहस्यमय घटना, कलेज जान्छु भनेर हिडेकी युवती मृत फेला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 01:35:56 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेमा कलेज जान्छु भनेर घरबाट निस्केकी एक युवती मृत अवस्थामा फेला परेकी छिन्  ।  जिल्लाको पनौती नगरपालिका  वडा न.५ बस्ने २१ बर्षीय सुधा केसी घर नजिकै झुन्डिएको अवस्थामा फेला परेकी हुन् । उनी काभ्रे क्याम्पस बिए दोस्रो बर्षमा अध्यानरत थिइन् ।

कसरी भयो घटना ?

मृतक सुधा केसी र उनकी आमा र सानिमा संगै सुतेकी थिइन् । आमा र सानिमा एउटा पलंगमा र सुधा अर्को पलंगमा एकै कोठमा सुतेका थिए । बिहान ५ बजे सुधा कलेज जना भनेर उठिन । आज एकादशीको दिन किन कलेज जानु भनेरआमा र सानिमाले कलेज नगई जाडोमा अझै एकछिन् सुत्न आग्रह गरे । उनले त्यो मानिनन । बाहिर निस्की । मुख धुन , दात माझन वा कलेज नै गएको होला भन्ने सोचेर आमा र सानिमाले पनि चासो दिएनन् । अलि उज्यालो भएपछि एक जना केटि झुण्डिएको खबर फैलियो । गएर हेर्दा कलेज जान भनेर हिडेकी सुधा मृत अवस्थामा थिइन् । घटना स्थल पुग्दा उनी भित्रि बश्त्र (ब्रा र पेन्टी)मा मात्र थिइन् । उनले लगाएको ज्याकेट, टि शर्ट, समिज , जिन्सको पेन्ट , ट्राउजर र चप्पल त्यहि रुख नजिकै फेला परेको छ । उनले लगाएको ड्रेसअपमा सलको आवश्यकता पर्दैन । उनले प्रयोग गरेको सल उनको घर कै हो । घर बाट नै आत्महत्या गर्ने उदेश्यले सल लिएको आएको देखिन्छ । अहिले शवलाई पोस्टमार्टमको लागि शिर मेमोरियल अस्पताल लागिएको छ ।

उनका २ दाजुहरु छन् । कान्छो दाइ बिदेशमा रहेछन भने जेठो काठमाडौँमा रहेछन । उनको बुबाले २ विवाह गरी काठमाडौँ बसेको खुलेको छ । हामीले अहिले नै आत्माहत्या भनेर घोषणा गरेका छैनौ । तर अरु कसैले आएर सडकको छेउ मै युवतीको ति टाइट कपडा खोलेर हत्या गरेको जस्तो भने देखिदैन । त्यसमाथि घर कै सल प्रयोग भएको छ ।  

परिवारले बताए अनुसार उनी धेरै नबोल्नी, आफै सुरमा चल्ने, भनेको कुरा पुरा हुनु पर्छ भन्ने स्वभावको थिइन् । घटनाको थप अनुसन्धान भईरहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक गिरीसंगको कुराकानीमा आधारित ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved