लमजुङमा भेटियो विश्वभर सबैभन्दा बढी तस्करी हुने जनावर (फोटो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 07:29:37 PM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङमा दुर्लभ बन्यजन्तु सालक फेला परेको छ। लमजुङको राइनास नगरपालिका वडा ५ स्थित दुईपित्ले भन्ने ठाउँमा मंसिर २ गते दुर्लभ बन्यजन्तु सालक फेला परेको तिनपित्ले स्थित प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला बन कार्यालय लमजुङका कर्मचारीको सहयोगमा सालकलाई जंगल छाडिएको प्रहरी कार्यालयले जनाएको छ। सालक ४० इन्च लम्बाई र २० इन्च गोलाई भएको र झन्डै १० किलोको भएको स्थानीयको अनुमान छ।

सालक विश्वभर बढी तस्कर हुने जनावरको रुपमा लिईन्छ। यसलाई अंग्रेजीमा पैंगोलिन भनिन्छ। विश्व बजारमा सालकको तस्करी लाखौं डलरमा हुने अध्ययनले देखाएको छ। 

नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइने सालकको शरीर ठुलाठुला कत्लाले ढाकेको हुन्छ। यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन् । यी रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ । यसले पुच्छरको सहायताबाट रुखको हाँगामा झुन्डिन सक्छ ।

विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन्। तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञ बताउँछन् । २ हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन । तर, ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ । राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ । कतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।

विशेष गरी चीन, भियतनाममा औषधि बनाउन र माशु उत्पादनका लागि सालकको बढी माग हुन्छ । जानकारहरुका अनुसार पछिल्ला १० वर्षहरुमा विश्वभर करिब १० लाख सालकहरुको तस्करी भएको छ । 

सालकको छाला केरेटिन नामक तत्वबाट बनेको हुन्छ र यसलाई धेरैजसो बिमारीको उपचारका लागि प्रयोग गर्ने गरिने चीनमा चिकित्सा शास्त्र (मेडिकल साइन्स) मा अध्ययन गरिरहेकाहरुको भनाइ छ। त्यस्तै कत्लाबाट बुलेट प्रुफ ज्याकेट लगायतका सामग्री बन्ने भएकाले समेत बिश्वबजारमा सालकको तस्करी बढेको बताईन्छ। सालकको छालामा भएको कत्लाले क्यान्सर जस्तो खतरानाक रोगलाई ठीक पार्न सक्ने बिश्वास गरिन्छ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved