बिहान ४ बजे नै प्रहरी गस्ती, बाटोमा दिसा गर्ने ६ जना पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2018 | 09:27:36 AM मा प्रकाशित

laxmi  sunrise bank

महोत्तरीमा प्रहरीले आज बिहान बाटोमा दिशा गर्ने छ जनालाई पक्राउ गरेको छ । बिहान ४ बजे खटिएको प्रहरी टोलीले जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्न बसेका छ पुरुषलाई पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

पक्राऊ परेका व्यक्तिबाट जनही रु ५०० का दरले जरिवाना लिएर छाडिने उक्त कार्यालययले जनाएको छ । प्रत्येक वर्ष उक्त जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समय तोकिए पनि हालसम्म पूरा हुनसकेको छैन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved