'संघीयता असफल पार्ने षड्यन्त्र सुरु भयो '

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2018 | 06:28:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरु नेपालमा संघियता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन । विहिबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघियता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानिय सरकार विच अधिकारको विवाद सल्काएर संघियतालाई बदनाम बनाउँदै संघियतानै असफल बनाउने दाउमा लागेको बताए ।

कम्यूनिष्ट पार्टीलाई दुईतिहाई वहुमत दिएर जनताले अग्नी परिक्षा दिएको भन्दै उनले कसैलाई पनि दोष दिएर अहिलेको सरकार उम्कन नपाउँने बताए । संघियता कागजमा व्यवस्था गरेपनि सोचमा स्थापित हुन नसकेको भन्दै उनले नयाँ ब्यवस्थामा अभ्यस्त हुनका लागि ‘बे्रनवार’ चलाउनुपर्नेे बताए । केन्द्र सरकारले प्रशासनिक र विक्तिय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको भन्दै शाहीले केही दिनमैे प्रधानमन्त्री र मुख्यमन्त्रीहरु विच हुनलागेको समन्वय परिषद बैठकमा यसबारेमा आफुहरुले विशेषरुपमा कुरा उठाउने जानकारी दिए ।

एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागीरबाटै विदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने समेत बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved