डडेल्धुरा दुर्घटना अपडेट: १० जनाको मृत्यु, २६ बढी गम्भीर घाइते

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 22, 2018 | 07:56:03 PM मा प्रकाशित

laxmi  sunrise bank

डडेल्धुरामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ। डडेल्धुराबाट डोटी जाँदै गरेको से १ प २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटनामा परेको हो। 

डडेल्धुराका प्रहरी प्रमूख डम्बर केसीले दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार मृतकको संख्या अझै बढ्नसक्छ ।  दुर्घटनामा २६ जनाभन्दा बढी गम्भीर घाइते भएका छन् । घाइतेमध्ये ६ को अवस्था चिन्ताजनक रहेको  छ । 

बस सडकबाट पाँच सय मिटर तल खसेको छ।अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।  अहिले उद्दार कार्य जारि रहेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved