अपडेट: बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2018 | 08:47:21 PM मा प्रकाशित

laxmi  sunrise bank

डडेलधुरामा भएको स्कुल बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ  । डडेल्धुराबाट डोटी जाँदै गरेको पिस जोन एकेडमीको से १ प २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटनामा परेको हो। 

डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीका अनुसार १० जनाको घटना स्थल मै मृत्यु भएको हो । उपक्षेत्रीय  अस्पताल डडेलधुरा पुर्‍याइएका अन्य ६ जनाको मृत्यु भएपछि मृतकको संख्या १६ पुगेको हो । दुर्घटनामा दुई दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । 

 वस सडक देखि ३ सय मिटर तल खसेको छ। प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारि राखेको छ ।  बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved