दुर्घटना अपडेट: १८ मृतक मध्ये ६ को सनाखत, १५ जना गम्भीर घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 08:32:59 AM मा प्रकाशित

laxmi  sunrise bank

डडेलधुरामा भएको स्कुल बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ  । डडेल्धुराबाट डोटी जाँदै गरेको पिस जोन एकेडमीको से १ प २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटनामा परेको हो। 

डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीका अनुसार १० जनाको घटना स्थल मै मृत्यु भएको हो । उपक्षेत्रीय  अस्पताल डडेलधुरा पुर्‍याइएका अन्य ८ जनाको मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो । दुर्घटनामा दुई दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि धनगढी लागिएको छ । वस सडक देखि ३ सय मिटर तल खसेको छ।  

अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।  डडेल्धुराको उग्रतारा मन्दिरमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस दिन सुदूरपश्चिमसहित नेपालका अन्य स्थान र भारतबाटसमेत दर्शनार्थी आउने गर्दछन। सार्वजनिक यातायातका साधनहरुमा बढी भीड हुने भएकाले डोटीबाट त्यहाँका स्थानीयहरुले एक नीजि स्कुलको गाडी लिएर जात्रा हेर्न आएका थिए । बसमा ४८ जना यात्रु सवार थिए। 

मृतक मध्ये ६ जनाको सनाखत भएको छ । 

सनाखत भएका मृतकहरु
१) डोटीको नवदुर्गा गाउँपालिका-३ का २२ वर्षका चक्र धामी
२) दिपायल सिलगढी नगरपालिका-३५ वर्षका शशि विक
३) शिखर गाउँपालिका-११ का २५ वर्षका गोदा भाट
४) शिखर गाउँपालिका-११ का ४० वर्षका कैलाश रावल
५) शिखर गाउँपालिका-११ का ४० वर्षकै योगेन्द्र रावल
६) शिखर नगरपालिका-१० का १६ वर्षका रोहित बलायर



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved