प्रस्तावित चार राजदूतबारे उजुरी आह्वान, कसरि पठाउने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 09:09:47 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित चार राजदूतबिरुद्द सर्बसाधारणबाट उजुरी आह्वान गरेको छ । समितिले संसदीय सुनुवाई गर्नु अगाडी कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन आग्रह गरेको हो । आउँदो १७ गते सोमबारसम्म समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिनेछ । समितिमा उपस्थित नै भएर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको छ । 

सरकारले गएको कात्तिक २५ गते भारतको राजदूतमा निलाम्बर आचार्य, मलेशियाको राजदूतमा उदयराज पाण्डे, युएईको राजदुतमा कृष्णप्रसाद ढकाल र इजरायलको राजदुतमा ञ्जना शाक्यलाई राजदुत सिफारिस गरेको थियो । आचार्यलाई अफगानिस्तान र भुटानको गैरआवसीय राजदूतका रूपमा समेत काम गर्ने गरी सिफारिस गरिएको हो । 

नेपालको संविधानको धारा २९२ अनुसार नियुक्ति अघि राजदूतको संसदीय सुनुवाइ हुने व्यवस्था छ । सुनुवाइ समितिले सिफारिस अनुमोदन गरे नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved