तत्कालीन किष्ट बैंकका नायव महाप्रबन्धक घर्ति सहित २ पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 11:53:00 AM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालीन किष्ट बैंकका  नायव महाप्रबन्धक बीएन घर्ती पक्राउ परेका छन्। बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले बिहीबार घर्तिलाई नियन्त्रणमा लिएको हो । उनलाई आज नै अदालत उपस्थित गराएर थप अनुसन्धान सुरु गरिने सिआइवीले जनाएको छ ।

उनि संगै प्रवीण श्रेष्ठ पनि पक्राउ परेका छन्। श्रेष्ठ बिरामीको नाटक गर्दै अस्पताल भर्ना भएका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए। बेलुकासम्ममा सबै बिस्तृत विवरण आईसक्ने ओलियाले बताएका छन् ।

सीआईबिले यस अघि बैंकका  प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ गरेको थियो।  उनीहरु माथि  'जम्को प्रकाशन प्रालि' लाई कमसल धितो मूल्याङ्कन गरी कर्जा लगानी नीति विपरीत ऋण स्वीकृत गरेको आरोप लागेको छ । ६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रिय अनुसन्धान व्यूरोले मुद्दा दायर गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved