पुल्चोक वितरण केन्द्रले ७३ लाख बक्यौता उठाउन बाँकी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 04:37:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत् प्राधिकरण पुल्चोक वितरण केन्द्रले विद्युत् बक्यौता तिर्न अटेर गर्ने १०७ ग्राहकको लाइन काटी रु ८९ लाख ६१ हजार ३६८ बराबरको रकम असुली गरेको छ । 

गत साउन १ गतेदेखि यही मङ्सिर ६ गतेसम्म प्राधिकरणले लाइन काटेकामध्ये १०५ ग्राहकको लाइन जोडेको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार अझै रु ७३ लाख नौ हजार ५३ बक्यौता रकम असुली गर्न बाँकी रहेको छ ।

बक्यौता रकम तिर्न अटेर गर्ने उपभोक्तालाई प्राधिकरणले पछिल्लो समय लाइन काट्दै आएको छ । विशेष गरी ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गतका ग्राहकले महसुल तिर्न अटेर गरेको पाइएकाले लाइन काटिएको हो । प्राधिकरणले विद्युत् महसुल बक्यौता नराख्न आग्रह गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved