'माग पुरा नगरे ओली–प्रचण्डलाई अंगालो हालेर पड्किन्छौं'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 08:42:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बहिर्गमित जनमुक्ति सेनाले रुँदै भने,‘हाम्रो माग पूरा नगरे, ओली–प्रचण्डलाई अंगालो हालेर पड्किन्छौं’ (भिडियोसहित) ‘बोको हरामजस्तो नेताका घर–घरमा गएर आत्मघाती भएर विष्फोटन हुन्छौं’

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले अबको दुई महिनाभित्र आफूहरुका माग सम्बोधन नगरे नेकपाका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अंगालो हाली आत्मघाती बनेर पड्किने चेतावनी दिएका छन् ।

संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जनयुद्ध र गणतन्त्रको लागि आफ्नो जीवनको बलिदान दिएका व्यक्तिहरुको बारेमा सरकार र नेकपाका अध्यक्ष प्रचण्ड बेखबर बनेको भन्दै यस्तो चेतावनी दिएका हुन ।

समितिका अध्यक्ष अषिम लिम्बु ‘सुनिल’ले जनयुद्धका घाईते, बेपत्ता र पीडित परिवारहरुलाई सरकारले बेवास्ता गरेको आरोप लगाए । उनले भन,‘हामी कसरी अयोग्य भयौं ? हामीलाई किन जबरजस्ती अयोग्यको बिल्ला भिराईयो ? हामीले लडेर ल्याएको गणतन्त्र र परिवर्तन योग्य हुने, तर हामी कसरी अयोग्य ? यो कसरी हुन्छ ? हामी ४ हजार ९ जना साथीहरुको समस्या समाधान गर्न नसक्ने सरकारलाई कसरी परिभाषित गर्ने ? १८ करोडको विलाषी सुविधा खोज्ने र पुर्याउने सरकारले हाम्रा साथीहरुले उपचार गर्न नसकेर रुदै हिँड्नुपरेको छ, गृहमन्त्रीकै सामु बिष सेवन गर्नुपरेको छ, यो सुरुवात हो, माग पुरा नगरे अब हामीसँग प्रचण्ड र नेकपाका शीर्ष नेतालाई अँगालो हालेर पड्किनुको विकल्प छैन् ।’

त्यस्तै कार्यक्रममा समितिका उपाध्यक्ष यज्ञबहादुर कार्की (प्रदीप) ले गणतन्त्रको लागि रगत बगाउनेहरुले विष सेवन गरेर मर्नुपर्ने स्थिति आउनु दुःखद् रहेको गुनासो पोखे । उनले भने,‘हाम्रो देशमा सरकार छ कि छैन् ? यो सरकार कम्युनिष्ट सरकार हो कि दलालहरुको हो ? हामीले ल्याएको परिवर्तनको रातो कार्पेटमा उनीहरु हिँड्ने, हामी सडकमा पीडाका आँशु पोख्नुपर्ने ? शरीरमा भएका गोलीका छर्रा र अंगभग भएको शरिरलाई लिएर बाँच्नको लाथि भीख माग्नुपर्ने ? यो कस्तो दिन आयो ?’ 

कालिकोट जिल्ला सान्नि त्रिवेणी गापाका बहिर्गमित सेनाका कुलप्रसाद भट्टराई (कुसुम) ले गृहमन्त्रीकै कार्यकक्षमा पुगेर विष सेवन गरेको स्मरण गराए । भावुक बनेका कार्कीले रुँदै भने,‘हामीले कुन गल्ती गर्यौं ? हामी किन अयोग्य भयौं ? हामीले रगतसँग साटेर ल्याएको गणतन्त्रमा हामीलाई अयोग्याताको बिल्ला भिराएर किन अपमान गरियो ? प्रचण्डले कुनैबेला भन्नुभएको थियो, ‘बुर्जुवा शिक्षा पढ्नुपर्दैन सिरानीमा डिग्रीको मार्कसिट आउँछ’ खै आज त्यो मार्कसिट कता छ ? शान्ति सम्झौताका १२ वर्ष पूरा भएर १३ वर्षमा प्रवेश गरेको अवस्था छ, आजको दिनसम्म पनि हाम्रो स्थिति उस्तै छ, यसमा सरकार र नेकपाका नेताहरु गम्भिर छैनन् ।’

कार्यक्रममा समितिका महासचिव राजन थापा ‘सुवास’ले तार्किक निश्कर्षसहतिको वार्तामा बस्न आफूहरु तयार रहेको सुनाए । उनले भने,‘हामीे निक्कै लामो समयदेखि संघर्ष गर्दै आएका छौं, आजको दिनसम्म आईपुग्दा सरकारसँग धेरै चोटी वार्तामा बसेका छौं, सरकारले हामीसँग गुच्चा खेलेझै गरिरहेको छ, सरकारले हामीलाई भुलभुलैयामा राखेर जिस्किने काम गरिरहेको छ, यो लज्जाबोधको विषय हो, हाम्रो धैर्यताको बाँध फुटेको दिन त्यसपछि सिर्जना हुने अवस्था कसैले नसोचेको हुनेछ, हामी बारुदसँग खेलेका मानिस हौं, बन्दुक बनाउन आउँछ, वैद्य, प्रचण्ड, बाबुराम, विप्लव, बादललाई बनाउने हामी नै हौं, उहाँहरुलाई खसाल्न परे कसरी रसातलमा ल्याउनुपर्छ त्यो कुरा हामीलाई थाहा छ ।’

समितिका अर्का उपाध्यक्ष खड्क बहादुर रम्तेल (सम्राट) ले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गर्दै तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् । उनले भने,‘यो सरकार हुतिहारा हो । अहिले देशमा सुशासनको अनुभुति गर्न पाईएको छैन् । भ्रष्टाचारको मौलाएको छ । हत्या, हिंसा र बलात्कारजस्ता अपराध बढिरहेका छन् । तर, सरकारले यसबारेमा कुनै ध्यान दिएको छैन् । प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्छ ।’

त्यस्तै उनले आफूहरुको माग वर्तमान सरकारले तत्काल पूरा नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । उनले भने,‘हाम्रो माग अविलम्ब पूरा हुनुपर्छ । यदि भएन भने हामी अब नेताहरुको घर–घरमा गएर बोको हरामजस्तो विष्फोटन भएर पड्किन्छौं।’

कार्यक्रमा बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष रमेश बसेल (करन), उप–महासचिव कोपिला राई (कविता), कोषाध्यक्ष मोतीसरा खड्का, वहिर्गमित जनमुक्ति सेना नेपालका प्रेस संयोजक रोशन दानी, खड्क बहादुर रम्तेल (सम्राट), दुई नम्बर प्रदेशका संयोजक तथा घाईते रमेश कालिकोटे, तीन नम्बर प्रदेशका संयोजक मोहन कुमार योञ्जन, सुनिता श्रेष्ठलगायतले तत्काल आफूहरुलाई भरणपोषण र उपचारसँगै अयोग्यताको विल्ला हटाएर सम्मानपत्रसहित विषेश राहतको व्यवस्था गर्न माग गरेका छन् । 

                


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved