यसअघि अस्वीकृत भएका जोशी पुन: प्रधानन्यायधीशमा सिफारिस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2018 | 12:35:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायधीश पदमा संसदीय सुनुवाई समितिले अस्वीकृत गरेका दिपक राज जोशी पुन: सोहि पदमा सिफारिस भएका छन् । न्याय परिषद् सचिवालयले भावी प्रधानन्यायाधीशका लागि दुई वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदलाई सिफारिस गरेको हो। सचिवालयले जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम प्रधानन्यायधीशको लागि सिफारिस गरेको हो ।

पद रिक्त हुनुभन्दा एक महिनाअघि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार परिषदले योग्यता पुगेका सबै न्यायाधीशको नाम पठाएको हो। सर्वोच्चमा कम्तीमा तीन वर्ष काम गरेको न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य हुने प्रावधान छ। हाल सर्वोच्चमा उक्त योग्यता पुगेका जोशी र राणामात्र भएकोले सचिवालयले दुवैजनाको नाम पठाएको जनाएको छ। जोशीलाई भने सचिवालयले यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएको कैफियत सहितको जानकारी सहित सिफारिस गरेको हो। 

अब संवैधानिक परिषदले प्रधानन्यायाधीश यी २ मध्ये १ जनालाई सिफारिस गर्नेछ। त्यसपछि संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायधिश बन्ने बाटो खुल्ने छ। 

हालका प्रधानन्यायाधीश मिश्रको कार्यकाल पुस १८ गतेबाट सकिँदैछ। नयाँ नियुक्ति नभएसम्म जोशीले वरिष्ठताका आधारमा कायम मुकायम भई कार्यसम्पादन गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved