उपत्यकामा मंसिर १३ गतेदेखि जोर बिजोर प्रणाली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2018 | 05:50:14 PM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकामा मंसिर १३ गतेदेखि ४ दिनसम्म जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन्। महानगरिय ट्राफिक प्रहरी महाशाखाले १३ गतेदेखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागु हुने जनाएको हो । 

शुक्रबारदेखि सोमबारसम्म राजधानीमा एसिया प्यासिफिक समिट हुदै छ। त्यसक्रममा विभिन्न देशका अति विशिष्ट व्यक्तिहरु आउने भएकाले सवारी आवागमनमा बाधा नपरोस भनेर जोर बिजोर प्रणाली लागु गरिएको महाशाखाले जनाएको छ ।  

जस अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबा र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved