सामाजिक सुरक्षा योजना कार्यक्रममा यत्तिका तामझाम किन ? विश्वकै दुर्लभ दृश्य देखाउन !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 27, 2018 | 08:59:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मङ्सिर ११ गतेलाई सामाजिक सुरक्षा योजना दिवस घोषणा गर्दै 'सामाजिक सुरक्षा योजना' कार्यक्रमको शुभारम्भ गरेको छ। तर सरकारले यो कार्यक्रमका लागि गरेको प्रचार प्रसारको शैलीलाई भने आलोचकहरुले 'भद्दा बिज्ञापन' र 'अनावश्यक तामझाम' को संज्ञा दिए। 

बिभिन्न राष्ट्रिय दैनिक तथा अनलाइन पत्रिकामा ज्याकेट एड मार्फत नै सामाजिक सुरक्षा कोषको प्रचार भएपछि ऐतिहासिक भनिएको यस कार्यक्रमको झनै आलोचना भयो। काम भन्दा हल्ला बढी गरेको भन्दै मङ्सिर १० गते बेलुका देखि नै सरकारको आलोचनाको सुरुवात भयो। केहि मिडिया तथा ब्लगले 'खम्बामा नयाँ युग' भनेर सार्वजनिक रुपमै आलोचना गरे। 

यी सबै आलोचनाबाट परिचित प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा नै सामाजिक सुरक्षा योजना कार्यक्रमको तामझाम किन भन्ने प्रश्नको उत्तर दिएका छन। 'यो देशमा सरकार छैन, सरकारले केहि गरेन भन्नेहरुलाई बिश्वमै नभएको दुर्लभ दृश्य देखाउन तामझाम गरिएको हो' प्रधानमन्त्री ओलीले भने। 

सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय सहमतिबाट सामाजिक सुरक्षा योजना कार्यक्रम ल्याइएको सुनाउदै प्रधानमन्त्री ओलीले भने, 'आज यो घडीमा यी तिनै पक्ष एकै मंचमा उभिएर प्रतिबद्धता जनाएका छन, यस्तो दृश्य विश्वमा बिरलै देख्न पाइन्छ, हो यहि दुर्लभ दृश्य देखाउनका लागि तामझामका साथ कार्यक्रमको आयोजना गरिएको हो।'

प्रधानमन्त्री ओलीले भने, 'कसैले सोध्न सक्छन र केहिले सोधीपनि सके यो तामझाम किन? मेरो जवाफ हुनेछ– ‘देखिन, थाहा पाइन’ भन्नेहरुलाई ‘देखिने गरी, सुनिने गरी’ हाम्रा योजनाको जानकारी गराउन आजको कार्यक्रम आयोजना गरिएको छ । साथ दिने सहयात्रीहरुसँग खुशी र उत्सव मनाउन यो कार्यक्रम आयोजना गरिएको छ।'

त्यस्तै प्रधानमन्त्री ओलीले सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई समेत मुखभरिको जवाफ दिएका छन। उनले भने, 'पत्रपत्रिकामा कसैले सोधेछन्– सरकार हरायो, कहाँ छ ? के गर्दैछ ?आज म भन्न चाहन्छु, सरकार यहाँ छ, श्रमजीवी जनताको वीचमा छ, उनीहरुको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा तल्लीन छ, त्यसलाई लागू गर्न कटिबद्ध छ।'

'अहिले बिरोधिहरु सरकार कहाँ छ भनेर सोधिरहेका छन, यत्तिका काम हुँदा सरकार कहाँ छ भनेर थाहा नपाउनेहरुलाई सोध्न चाहन्छु, अझै देख्नुभएन, नआत्तिनुहोस, सरकार देख्न पावरवाला चश्मा लगाउनु पर्दैन, बाध्य भएर जता पनि सरकार देख्नुहुन्छ' प्रधानमन्त्री ओलीले भने, 'अहिले बाटोमा धुलो उड्न कम भएको छ, कलंकी नागढुंगा तिब्र रुपमा निर्माण भएको छ, निकट भविष्यमै मेलम्ची आउँछ, जता फर्के त्यतै  सरकार देख्न थालेपछि अनि थाहा हुन्छ सरकार कहाँ छ।'

'९ महिनामा सरकारले केहि गरेन, सिन्को पनि भाचेन भन्दै छन केहि तत्त्वहरु' प्रधानमन्त्री ओलीले भने, 'सरकार नेपालको विकास गर्न बनेको हो, जुम्रा मार्न र सिन्का भाच्न होइन'     








Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved