टेकुमा गाडीको ठक्करबाट एक युवकको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 08:59:17 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको टेकुमा नम्बर नखुलेको सवारीले ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । अाज बिहान अन्दाजी ४ बजे  टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने बर्ष १९ को जिवन सिंह रहेका छन। निजलाई उपचारको लागि बिर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात सवारीसाधन सहित फरार रहेको चालकको खोजी कार्य भईरहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved