भारतले नेपालको खोला चिनियाँलाई बेचेको प्रकरण छानविन गर्न समिति गठन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 28, 2018 | 05:27:31 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको अर्थ समितिले माथिल्लो मस्र्याङदी–२ को शेयर बिक्री सम्बन्धमा छानबिनका लागि उपसमिति गठन गरेको छ । समितिको बुधबार बसेको बैठकले घनश्याम भुषालको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा रामकुमारी झाक्री, रामबाबु कुमार यादव, सरवत आरा खानम, हरि राज अधिकारी रहेका छन् । समितिले यस बिषयमा छानविन गरी प्रतिवेदन पेश गर्नको लागि १५ दिनको समय पाएको छ । 

समितिले यस बिषय नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र लगानी बोर्डका पदाधिकारीसँगको छलफल गरेको थियो। भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले शेयर स्वामित्व बुटवल पावर कम्पनीको संयोजनमा एक चिनियाँ कम्पनीलाई बिक्री गरेको सन्दर्भमा अर्थ समिति उपसमिति गठन गरेरै छानबिन गर्ने टुङ्गोमा पुगेको हो । 

जलविद्युत् आयोजनाको प्रवद्र्धनका लागि अनुमति लिने, आयोजना अगाडि नबढाई शेयर किनबेच गरी प्राकृतिक स्रोतको दुरुपयोग गर्ने प्रवृत्ति मौलाएको भन्दै समितिले यस्ता राष्ट्रिय हित विपरीतका गतिविधिलाई रोक्न कानूनी र नीतिगत सुधारको पाटोलाई अघि बढाउने निष्कर्ष पनि निकालेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved